April 20, 2024
भदौ ३०, २०७९

हेटौंडा \  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियामा तीन दिने उद्यम व्यापार योजना तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मेजिरियो जर्मनी तथा कारितास नेपाल एंवम् सृजनशील नेपालको आर्थिक सहयोगमा त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा अभिमुखीकरण भएको हो ।

हेटौंडा वडा नम्बर-१६, १७ र १८ का महिला कृषक समुहका सदस्यहरुको सहभागितामा तीन दिन सम्म चलेको कार्यक्रम सम्पन्न भएको हो । त्रिशक्ति कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष अम्बिका राइको अध्यक्षता तथा सृजनशील नेपालका अध्यक्ष शान्ता बरालको प्रमुख आतिथ्यतामा यस कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा विशेषगरी उद्यम व्यापार, उद्यमी, स्वरोजगार, आयआर्जनका विषयमा छलफल गदै व्यवसायका निम्ति आवश्यक पर्ने पूर्व तयारी एंवम् बनाउनु पर्ने योजनाको विषयमा छलफल गरी प्रयोगात्मक विधि बाट अभिमुखीकरण दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *