भीमफेदी २ भैसेंमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाले ५८ औं राष्ट्रिय बाल दिवसमा लागु औषध दुव्र्यसनी, साइवर क्राइम सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
संस्थाका अध्यक्ष शर्मिला महतको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सेलर्ड मकवानपुरका जगनाथ सुवेदीले सहजीकरण गरेका थिए । बालबालिका साइवर क्राइममा संलग्न भएको तथ्याङ्क बढी रहेको अवस्थामा विद्यालयका विद्यार्थीलाई यस बारे जानकारी र यसले पार्ने प्रभाव बारे जानकारी दिइएको थियो । साथै दुव्र्यसनमा बालबालिका पर्नसक्ने कारण र त्यसको असरबारे पनि अन्तरक्रियामा छलफल गरिएको थियो ।
कार्यक्रममा भीमफेदी १ को राष्ट्रिय माविका १५ जना र भैंसेको श्रीकृष्ण माविका १५ जना गरी तीस जना कक्षा ८,९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताइन् । कार्यक्रममा राष्ट्रिय माविका शिक्षिका पद्मा गोले, श्रीकृष्ण माविका शिक्षक भरत परियार, सहकारीका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
priligy review members You should not use verapamil if you are allergic to it, or if you have