December 3, 2023
भदौ २९, २०७९

हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १५  भोर्लेमा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरक्रिया तथा विद्यार्थी सम्मान कार्यक्रम गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै लागुपदार्थ दुव्र्यसन न्यूनिकरण सम्बन्धी अन्तरक्रिया र एसईइमा उत्कृष्ट अंकल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

वडा नम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मेनुका दाहाल, वडा सदस्य मिनु विक लगायत सहकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

लागुपदार्थ दुव्र्यसनी बारे यादव अधिकारी र राजु सुवेदीले सहजीकरण गरेका थिए । एसईइमा बि देखी ए प्लस सम्म ल्याउने १७ जना विद्यार्थीलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *