हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री तथा छात्रवृति वितरण गरेको छ । बुधबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा पाँच जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र नगद छात्रवृति वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलान सहित सहकारीका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रवि घतानी, दीप पाख्रीन, रोजिता लम्साल, मनोज गौतम, अभिषेक संजेललाई ८५०को शैक्षिक सामाग्री र नगद २ हजार १५० नगद प्रदान गरिएको संस्थाका व्यवस्थापक मेनुका दाहालले बताइन् । छात्रवृति पाउने विद्यार्थी संस्थाका संरक्षित बाल सदस्य हुन् ।