January 22, 2025
भदौ २७, २०७९

शेयर बजार आज साेमवार पनि घटेर राताम्मे भएको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटेकाे दिन दुई सय २२ वटा कम्पनीकाे २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ । समग्र बजार घटे पनि आज युनाइटेड मर्दी हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *