हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकरी संस्थाले आव २०७८/०७९ मा एक करोड ६० लाख ५५ हजार ७४२ रुपैयाँ नाफा गरेको छ । ६३ करोड २९ लाख ७८ हजार ५३२ रुपैयाँ को कारोबार गर्दै उक्त रकम नाफा गर्न सफल भएको हो ।
शनिबार २२ औं वार्षिक साधारणसभा गर्दै सहकारीले वर्षभरी गरेका आर्थिक कारोबारका साथ सामाजिक कार्यहरुको प्रतिवेदन पेश गरेको हो । सहकारीका सचिव दीपा लामाले सभामा वर्षभरि गरिएको कामहरुको प्रतिवेदन पेश गरेकी थिइन् ।

संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर लामा, वडा १३ का अध्यक्ष पेम्बा लामा, सञ्चारकर्मी भुवन घलान र कर्मचारी मोहिनी दोङलाई सम्मान गरिएको थियो ।

६ हजार ३१६ शेयर सदस्य रहेको सहकारीमा ५ करोड ९८ लाख ५२ हजार ६ सय शेयरपुजीँ रहेको छ । सहकारीको बचत निक्षेप ४५ करोड ४८ लाख ९६ हजार ७ सय रहेको छ भने ५१ करोड ५३ लाख ३९ हजार १५३ रुपैयाँ लगानी रहेको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले बताइन् ।

सभाकै अवसरमा संस्थाले जेष्ठ सदस्यहरु आइतीमाया मुक्तान, नन्दमाया दर्जी, ईन्द्रकुमारी मिजार, विन्दाकुमारी नेपाली, माईलीमाया प्रधान, कृष्णकुमारी अधिकारी, साईली थिङ, निर्मला प्रधान, सुकमाया गोले, विष्णुमाया तामाङ, जंगमाया कुमाल, ठुलीमाया थिङ, ठुलीमाया वाईवा, भक्तमाया थिङ, सानुमाया थिङ, साइलीमाया मुक्तानलाई सम्मान गरिएको थियो ।

No description available.

सभामा वडा अध्यक्ष पेम्बा लामा, कार्यपालिका सदस्य रुक्मणी गोम्बा, जिल्ला बचत संघका सचिव बिरेन्द्रप्रसाद ढुङ्गाना, पुर्व अध्यक्ष लक्ष्मी थिङ, हेटौंडा उपमहानगर सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, महिला सेवा साकोसका अध्यक्ष यसोदा पराजुली, जनचेतना साकोसका अध्यक्ष जानुका दवाडी, नेफ्स्कुन हेटौंडा फिल्डका कुमारी श्रेष्ठ, ग्रामिण महिला सेवा केन्द्रका कोषाध्यक्ष सुलोचना स्याङ्तान, संस्थापक अध्यक्ष सुकुमाया थिङ, तदर्थ समितिका अध्यक्ष राममाया घिसिङ संस्थाका उपाध्यक्ष मिना थापा, लेखा संयोजक शान्तिमाया हिम्डुङ लगायतको आतिथ्यता रहेको थियो ।