हेटौडा \ हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक धन बहादु गौतमले ऋण समितिको प्रतिवेदन र व्यवस्थापक रिता फुयालले चालु आव ०७९-०८० को लागि ३ करोड २७ लाखको अनुमानित आयव्यव विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य पूर्णबहादुर श्रेष्ठ, हिरादेवी दहाल, असली कारोवारीमा गोपाल बहादुर सुर्खेती, असली बचतकर्तामा मन्जु दोङ, बाल बचतमा स्मृत चौधरी र उत्कृष्ठ विद्यार्थीमा श्रीशान्त घिमिरे र विवेश दाहाललाई पुरस्कृत गरिएको थियो । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा हेटौडा उपमहामनगरपालिका कार्यपालिका सदस्य अर्जुन राई, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, साना किसान कृषि सहकारीकी अध्यक्ष कमला श्रेष्ठ, नारीचेना सहकारीका उपाध्यक्ष राधिका गौतम, सहकारीका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गोतम, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिती रहेको थियो । २ करोड ६५ लाखको कारोवार गरेको सहकारीमा ५ सय ६८ जना शेयर सदस्यहरु रहेका छन ।