November 5, 2024
भदौ १८, २०७९

हेटौंडा \ हेटौंडामा सहकारी संस्थाका लेखा संयोजकहरुको भेला भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा एकदिने लेखा संयोजक भेला भएको हो ।

संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख अतिथ्यता तथा हेटौंडा उपमहानगरका सहकारी विभागका प्रमुख हिम प्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।
मकवानपुरका  ५४ वटा साकोसबाट लेखा संयोजक ३७ जना, लेखा सदस्य ज्यूहरु १७ जना र अन्य उपस्थिति १३ गरी ६७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा लेखा संयोजकको काम, कर्तव्य र अधिकार, कोभिड पछि देखिएका समस्याहरू, सहकारी क्षेत्रका वर्तमान समस्याहरु, सहकारीमा हुनसक्ने अनियमितता संकास्पद पक्षहरू, ध्यान दिनु पर्ने कुराहरु, चौमासिक प्रतिवेदन फारमका मुख्य बिषयबस्तु, नमुना फारम, संभावित अनियमितता परिक्षण गर्ने तरिका, ऐन, नियम, निर्देशिका, परिपत्र, साधारण सभा अख्तियारी, संस्थाको विनिमय, नीति, निर्णय परिपालनाको अवस्था परिक्षण एवं सुझाव दिने तरिका, जिज्ञासा, जिज्ञासा उपर छलफल आगामी तालिम योजनाबारे संघका अध्यक्ष श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा संघका कोषाध्यक्ष विष्णु माया लामा, लेखा संयोजक सुलोचना स्याङ्तान, लेखा सदस्य सचिता भट्टराई, सहसचिव विजयबहादुर बस्नेत, संघका सदस्य शर्मिला महत, सीताराम दहाल, व्यवस्थापक सुमित्राकुमारी वाईवा,लेखापाल भूमिका खतिवडा, ऋण अधिकृत विष्णु आले,  सुनिल भ्लोन लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *