January 22, 2025
भदौ १५, २०७९

हेटौंडा-११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम भएको छ । बुधबार भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको संस्थाका लेखापाल युवराज ढकालले जानकारी दिए । सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष फुलमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी शिक्षा उपसमिति संयोजक खेमराज सापकोटाको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

१ हजार ८ सय ६५ शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ३ करोड ९७ लाख रुपैयाँ रहेको ढकालले बताए ।कार्यक्रममा सहकारीका म्यानेजर नन्दलाल श्रेष्ठ, सचिव गोविन्द पुडासैनीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *