January 13, 2025
भदौ १४, २०७९

हेटौंडा \ मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नं १ बुङदलमा भएको छ । निकट भविष्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र जिल्ला दुग्ध सहकारी संघ लि।को संयुक्त लगानी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार ८७८ रुपैयाँ बराबरको आम्दानी तथा खर्च भएको संघका व्यवस्थापक कुमारमणी दाहालले बताए । उनले उद्योगमा १ करोड ४३ लाखको इबिडिङबाट मेसिनरी उपकरण खरिद भएको जस अन्तरगत बागमती प्रदेश सरकारबाट अनुदान वापत ५६ लाख ३४ हजार २०० रुपैंया प्राप्त भएको र ८६ लाख ६५ हजार ८०० रुपैंया संघको लगानी रहेको छ ।

त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ २ करोड ४५ लाख ३७ हजार ७२३ रुपैंया खर्च भएकोमा लागत साझेदारी कार्यक्रम अन्तरगत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार ४२९ रुपैंया १४ पैसा र संघको तर्फबाट ७१ लाख १७ हजार २९३ रुपैंया ८६ पैसा खर्च भएको दाहालले बताए ।

उद्योग निर्माणका लागि जिल्ला दुग्ध सहकारी संघले ८० लाख ९१ हजार १५५ रुपैंयामा जग्गा खरिद गरेको थियो । सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले उद्योग सञ्चालनको निमित्त चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रुपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिएका थिए ।

संघका अध्यक्ष तथा निर्माण उप–समिति संयोजक बासुदेव अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक परीक्षण कार्यक्रममा मकवानपुरगढी गाउपालिका वडा नं ५ का वडा अध्यक्ष दीपेश दहाल, संघका सल्लाहकार खील प्रसाद चौलागाई, सञ्चालकहरु ईन्द्रबहादुर बस्नेत, हरि प्रसाद कंडेल, सावित्री देवी तिमल्सिना, होमनाथ पुडासैनी, कृष्ण प्रसाद घिमिरे, सुदिप अर्याल, संघका लेखा समिति संयोजक ईन्द्रप्रसाद खतिवडा, सदस्य रमेश वर्तौला लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *