शेयर बजार परिसूचक नेप्से आज साेमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो ।
आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।
आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
नेप्से सामान्य बढेकाे दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घट्यो ।