March 21, 2023
खबर सहकारी

हेटौँडा \  हेटौँडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संथाले महिलाहरुका लागि तीज विशेष कार्यक्रम गरेको छ ।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष एवम सहकारी शिक्षा कार्यक्रमको आयोजना गरेको छ । सहकारी चालु आव २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो।

सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यतामा एवम संस्थाकी सदस्य रेखा मैनालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य तथा सहकारी सदस्य विजय पौडेल, नेपला पत्रकार महासंघ बागमती उपाध्यक्ष रुपेश दुलाल,  सहकारीका सचिव रोम प्रसाद न्यौपाने, कोषाध्यक्ष  चेतनाथ खतिवडा, न्युरेनी स्थित पशुपतिन मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे, संस्थाको पुर्व अध्यक्ष रघुप्रसाद आचार्य,सल्लाहकार गणेश कुमार श्रेष्ठ, संचालक सदस्य यतिराज दङ्गाल लगातयाकको आतिथ्यता रहेको थियो।

कार्यक्रममा महिलाहरुले सहकारीको महत्व, बचत गर्ने तरिका लगायतको बारेमा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी एवं संस्थाका पदाधिकारीले नाचगान र सामुहिक रुपमा दर समेत खाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *