September 25, 2022
खवरसहकारी |  भदौ ४, २०७९  | 

हेटौंडा \ उपमहानगर वडा नम्बर १५ मा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाले शनिबार विस्तारित मञ्च तथा तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा हेटौंडा १५ का वडा अध्यक्ष सुनील मोक्तानको प्रमुख अतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । विस्तारित मञ्च कार्यक्रम अन्तर्गत कार्यक्रममा बचत तथा ऋणका प्रकार, संस्थाका नीति तथा कार्यविधि, संस्थाका राहत कोष सम्बन्धी नीति, संरक्षित पुजीँ फिर्ता कोष सम्बन्धी नीति, सहकारीको अहिलेको समसामायिक विषय माथी छलफल गरिनुका साथै नीति निर्माणका कामहरु भएको थियो ।

सहकारीले २० वटा नीति र १४ वटा कार्यविधिमा रहेर सहकारी सञ्चालन गर्दै आइरहेको छ । सहकारीले असार मसान्त सम्ममा १६ करोड ६६ लाख ३४ हजार ५३८ रकमको कुल कारोबार गरेको छ । १३० वटा समूहका २ हजार ५०९ जना शेयर सदस्यले १२ करोड ६ लाख ६ हजार सात सय बचत गरेका छन् । सहकारीको शेयर पुजीँ भने २ करोड ३ लाख ९ हजार २ सय रहेको छ । असार मसान्त सम्म सहकारीले आफ्ना शेयर सदस्यलाई १२ करोड ७२ लाख २२ हजार २८७ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक माया तामाङले बताइन् ।

No description available.

विस्तारित मञ्च कार्यक्रम सँगै सहकारीले तीज विषेश कार्यक्रम समेत गरेको छ । कार्यक्रममा वडा नम्बर १५ की वडा सदस्य मिनु विश्वकर्मा, वडा नम्बर ७ की वडा सदस्य राधिका विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा करिब चार सय जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.