October 10, 2024
भदौ ४, २०७९

हेटौंडा \  हेटौंडा उपमहानगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका २ सय ६ वटा सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । उपमहानगरपालिकामा रहेका २ सय २३ वटा सहकारी संस्थामध्ये २ सय ६ वटा सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले बताए

उनका अनुसार वित्तीय विवरण सार्वजनिक गरेका २ सय ६ वटा सहकारी संस्था मध्ये १०९ वटा सहकारी संस्थाले ‘कोकोमिस सफ्टवेयर’ को लिंक समेत लगिसकेका छन् भने २५ वटा सहकारी संस्थाले उक्त सफ्टवेयरबाट हेटौंडा उपमहानगरपालिकाको सहकारी विभागमा विवरण पनि बुझाइसकेका छन् । वित्तीय विवरण सार्वजनिक नगर्ने ७ वटा संस्थाको बिहीबार अनुगमन भएको छ ।

विवरण सार्वजनिक नगर्ने सहकारीलाई निर्देशनदिई वित्तीय विवरण सार्वजनिक गर्न अनुरोध गरिएको पौडेलले बताए । ‘सहकारी विभागले साउन ३१ गते सहकारीलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । परिपत्र जारी गरेका सहकारीले कार्यान्वयन पनि गरेका छन् र केही हेटौंडा उपमहानगरपालिकामा सम्पर्क विहिन भएका १३ वटा सहकारी संस्था मध्ये २ वटा सहकारी संस्था सहकारी विभागको सम्पर्कमा आइसकेको पौडेले बताए ।

यता सहकारी विभागले साउन ३१ गते सहकारीहरुलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । विभागले जारी गरेको निर्देशनमा शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख रहेको छ । त्यसपछि सहकारीले हरेक महिना पनि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

हेटौंडामा केही बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पनि श्रावण मसान्त सम्मको विवरण सार्वजानिक गरिसकेका छन् भने केही सहकारी सार्वजानिक गर्ने तयारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *