October 10, 2024
साउन २२, २०७९

इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले आगामी चार वर्षिय रणनैतिक योजना एंवम बजेट निर्माणका साथै संस्थागत नीति तर्जुमा कार्यक्रम शनिबार सकिएको छ ।

तीन दिन सम्म सञ्चालन भएको कार्यक्र शनिबार सहकारी संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा समापन गरिएको हो । तीन दिन सम्म सञ्चालित कार्यक्रमलाई जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले सहजिकरण गरेकी थिइन् ।

सहकारीले रणनैतिक योजना एंवम बजेट निर्माणका साथै संस्थागत नीति तर्जुमा कार्यक्रम अन्तरगत सदस्य संख्या चार हजार ५१० बनाउने, २७ करोडको कारोबार गर्ने र विभिन्न शेयर सदस्य लक्षित कार्यक्रमहरु योजनाको प्राथमिकतामा राखिएको संस्थाका व्यवस्थापक सरोज थापा मगरले बताए ।

सहकारीले सदस्य केन्द्रीत सुशासन मितेरीमा आवद्धता, समृद्ध व्यवसायिक उद्यमशीलतामा समतामुलक संरचनाको प्रतिवद्धता भन्ने परिकल्पनाका साथ अघि बढ्ने गरी योजना कार्यक्रम र नीतिहरु निर्माण गरिएको संस्थाका अध्यक्ष धनराज महर्जनले बताए ।

सहकारीले शेयर सदस्यहरुलाई थप प्रविधिमैत्री बनाउन मोवाइल बैकिंङ सेवा अर्थात एप मार्फत सेवा प्रदान गरिने समेत अध्यक्ष महर्जनले बताए ।

सहकारीमा १ हजार ३५८ शेयर सदस्य रहेका छन् भने शेयर सदस्यलाई ९ करोड ६० लाख २३ हजार २२८ रुपैयाँ ऋण लगानी गरिएको छ । संस्थाको पुजीँ १ करोड १९ लाख ५९ हजार ८०० रहेको छ भने बचत निक्षेप ९ करोड १२ लाख २२ हजार १४२ रहेको संस्थाका व्यवस्थापक सरोज थापा मगरले बताए । सहकारीले १२ करोड ३४ लाख ९८ हजार ३८२ रुपैयाँको कारोबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *