मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिकामा कृषि विकास बैंक बागमती प्रदेश कार्यालय चितवनको सहयोगमा डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्र स्थापना गरिएको छ । बैकका निर्देशक रघुनाथ न्यौपानेले डिजिटल कृषि सूचना परामर्श सेवा केन्द्र स्थापनार्थ केयोस मेशिन गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्गतानलाई हस्तानतरण गरिएको थियो । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त मेशिन हस्तान्तरण गरिएको हो ।

सेवा केन्द्र स्थापना सँगै एक वर्षसम्म प्राविधिक सहजीकरणका लागि जियो कृषि र मकवानपुरगढी गाउँपालिका सँग सम्झौता पत्रमा प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र जियोकृषिका प्रतिनिधि सन्दिप देवकोटा बीच हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरिएको थियो । उक्त सेवा केन्द्रको फोकल पर्सन भने गाउँपालिकाले कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीलाई जिम्मेवारी तोकिएको छ ।

सेवाकेन्द्रले विशेषत युवा कृषकहरुमाझ कृषि सम्बन्धीका प्राविधिक परामर्श सेवा र सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ । यसमा कृषकहरुले आफ्नो खेतिपाती तथा पशुपालन सम्बन्धिको विवरण राखेपछि गाउँपालिकामा त्यसको विवरण डिजिटल माध्यमबाट हेर्न सकिनेछ साथै कृषकहरुको खेतबारी एवम् पशुपालनमा देखिएका समस्याहरु फोटो अथवा आवाज रेकर्ड गरेर पठाएपछि विज्ञबाट आवश्यक सल्लाह सुझाव म्यासेजको रुपमा कृषकहरुले प्राप्त गर्न सकिने कृषि शाखा प्रमुख चौधरीले बताए ।

May be an image of 6 people, people sitting, people standing and indoor​

सेवाकेन्द्र मार्फत कृषकहरुले खेती प्रविधि, पशुपालन, रोगकिरा व्यवस्थापन, मलखाद प्रयोग तथा मौसम सम्बन्धीको जानकारी घरमै बसी मोवाइल प्रयोग गरेर हेर्न समेत सकिनेछ सुविधा रहेको छ ।

कार्यक्रममा कृषि विकास बैंक बागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रबन्धक नुरप्रसाद गौतम, कान्तिराजपथ शाखाका प्रवन्धक ध्रुवप्रसाद पौडल, भ्यालुचेन सहजकर्ता ईश्वरराज पन्त, पालिकाको वडा नं ५ का वडाध्यक्ष एवम् प्रवक्ता दिपेश दाहाल, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु र अगुवा कृषकहरुको उपस्थिति रहेको थियो ।

​