February 19, 2025
साउन २०, २०७९

इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले आगामी चार वािर्षय रणनैतिक योजना एंवम बजेट निर्माणका साथै संस्थागत नीति तर्जुमा कार्यक्रम विहीबारदेखी सुरु भएको छ ।

तीन दिन सम्म सञ्चालन हुने कार्यक्रम भोली शनिबार समापन गरिनेछ । विहीबार  सहकारी संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख अतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष दुतराज तितुङ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष एंव लेखा समिति संयोजक मधुकर कार्की, तदर्थ समितिका अध्यक्ष उमेश बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीमा १ हजार ३५८ शेयर सदस्य रहेका छन् भने शेयर सदस्यलाई ९ करोड ६० लाख २३ हजार २२८ रुपैयाँ ऋण लगानी गरिएको छ । संस्थाको पुजीँ १ करोड १९ लाख ५९ हजार ८०० रहेको छ भने बचत निक्षेप ९ करोड १२ लाख २२ हजार १४२ रहेको संस्थाका व्यवस्थापक सरोज थापा मगरले बताए । सहकारीले १२ करोड ३४ लाख ९८ हजार ३८२ रुपैयाँको कारोबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *