September 7, 2024
साउन २०, २०७९

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारका किसानलाई दुध विक्रीको प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरिएको छ । शुक्रबार जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उक्त प्रोत्साहन रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष स्याङ्तानले किसान स्थायी कर्म हो, मेरो पद भनेको अस्थायी हो भन्दै शिक्षा, स्वास्थ्य र रोजगार विकासको आधार रहेकाले रोजगार अन्तरगत कृषि पेशा स्थायी रोजगार रहेको बताए । उनले गाइपालन क्षेत्र निर्माण गरि पकेट क्षेत्र बनाउन सकियो भने व्यवसायिक पेशा गर्न आग्रह गरेका छन् । चितवनको एक संस्था सँग समन्वय गरि उत्पादित वस्तुको बजारिकरण गर्न पालिकाले कार्यक्रम थालनी सुरु गरेको बताए । डिजिटल परामर्श केन्द्र मार्फत ई चौतारी सञ्चालन गरिनुका साथै वडा नम्बर ५ मा पशु क्लिनिक अस्पताल केन्द्र निर्माण  गरिने बताए । नेपाल उद्योग वाणिज्य महासंघ मार्फत कृषि उद्यम कार्यक्रमका लागि समिति गठन गरि कृषि क्षेत्रमा काम गर्न पालिका तयारी गरिरहेको बताए ।

संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा ५ का अध्यक्ष दिपेश दाहाल, सहकारीका सल्लाहकार यट बहादुर बस्नेत, यज्ञप्रसाद तिमल्सिना, शिक्षक ईन्द्रबहादुर कार्की, प्रह्लाद घिमिरे, लेखा समिति संयोजक तेजबहादुर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश सरकारले प्रतिलिटर दुधमा दिने प्रोत्साहन रकम हस्तान्तरण गरिएको थियो । सहकारीलाई २ लाख ३९ हजार ३११ रुपैयाँ रकम किसानलाई आएको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । प्रदेश सरकारले जस्तै मकवानपुरगढी गाउँपालिकाले पनि प्रतिलिटर दुधमा प्रोत्साहन रकम दिदैं आइरहेको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *