हेटौंडा \ हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो सदस्य सेवा केन्द्र विस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बीच हेटौंडा २ हरिकुन्जरोडमा सदस्य सेवा केन्द्र सञ्चालनको सुरुवात गरिएको हो । तेस्रो सेवा केन्द्रको रुपमा रहेको उक्त सेवा केन्द्र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले उद्घाटन गरेकी हुन ।
सहकारीका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरका ईन्चार्ज ज्योति महत, सेवा केन्द्र संयोजक विजयबहादुर बस्नेत, लेखा समिति संयोजक सुबोध रिमाल, संस्थाका व्यवस्थापक रामशरण गौतम, सहकारीका पदाधिकारी, उपसमिति संयोजकहरुको उपस्थिति रहेको थियो ।
सहकारीले हेटौंडाको कमाने र हटिया चिसापानीमा सदस्य सेवा केन्द्र सञ्चालन गरि सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । ६ हजार १७३ शेयर सदस्य रहेको सहकारीले आव २०७८/७९मा २ अर्ब १३ करोडको कारोबार गरेको छ । ४ करोड शेयर पुजीँ रहेको सहकारीमा ४७ करोड ५० लाख बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक रामशरण गौतमले बताए । हामीले विभिन्न लगानी शीर्षकमा ५६ करोड कर्जा लगानी गरेका छौं , उनले भने ।
१६ जना कर्मचारीले मुख्य कार्यालय सहित तीन वटा सेवा केन्द्रबाट अब सेवा प्रदान गर्ने उनले बताए । सहकारीले आव ०७९\८०मा २ अर्ब ४९ करोडको कारोबार गर्ने लक्ष्य लिएको व्यवस्थापक गौतमले बताए । सहकारीको कुल वासलात भने ७३ करोड रहनुका साथै जगेडा तथा अन्य कोषमा २ करोड ३८ लाख रहेको जनाइएको छ ।