
हेटौंडा \ नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा साकोस प्रतिनिधिहरुका लागि कोपोमिस तालिम सञ्चालन भएको छ । हेटौंडामा बुधबार आयोजित तालिममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो ।
मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिममा हेटौडा उपमहानगरका सहकारी शाखा अधिकृत सुस्मिता महत, कम्प्युटर अपरेटर नीरदेवी महर्जन लगायतको उपस्थिति रहेको थियो ।
ऐनमा उल्लेख भए बमोजिम सहकारीले कोष विभाजन गर्नुपर्ने, नीति विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, कोपोमिसमा आवद्ध भई समष्टिगत विवरण भर्नुपर्ने लगायतका विषयहरुमा जानकारी गराउँदै कोपोमिसमा समष्टिगत विवरण भर्ने बारे जानकारी दिइएको थियो ।
तालिमको सहजीकरण भने नेफ्स्कूनका अनुगमन अधिकृत सौभाग्य भट्टराइले गरेकी थिइन् । सहकारीको व्यवस्थापन सहजीकरण नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयकी ईन्चार्ज ज्योति महतले गरेकी थिइन् ।