October 10, 2024
साउन १, २०७९

काठमाडौँ \  आर्थिक वर्ष २०७९/८० को पहिलो दिन सेयर बजारको परिसूचक नेप्से २०११ अंकमा कायम भएको छ । नेप्से जम्मा १.९ अंक बढेको हो । १ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो ।

बैंकिङ ८, जीवन बीमा १५, उत्पादन ४३ र ब्यापार उपसमूह १० अंक बढे । विकास बैंक १, फाइनान्स ११, होटल तथा पर्यटन ३१, जलविद्युत् २६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६ र अन्य उपसमूह ६ अंक घटे । कुल ८४ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो ।

राधि विद्युतको मूल्य ५.४ प्रतिशत बढ्यो । प्रभु बैंक, नयाा सारथी लघुवित्त र कुमारी बैंकको मूल्य ४ प्रतिशत बढ्यो । प्रभु सेलेक्ट फण्डको मूल्य ९.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एनआईसी एसिया बैंक र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *