April 19, 2024
असार २८, २०७९

हेटौंडा \ महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले स्व अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रवृत्ति हेटौंडा १ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो । बैंकले एक कार्यक्रमका बीच छात्रवृत्ति वापतको रकम पचास हजार रुपैयाँ भोम्जनलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रम महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीको सभाध्यक्षता एवं हेटौंडा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा स्व श्रेष्ठकी धर्मपत्नी निर्मला श्रेष्ठ लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *