March 21, 2023
खबर सहकारी

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रममा प्रस्तुत भएको कुल बजेट ६७ करोड ४४ लाख २२ हजार भएता पनि जनताको असिमित आवश्यकता, विकासमा प्राथमिकतामा राखी योजनाहरुलाई मध्येनजर गरी गाउँपालिकाले आन्तरिक राजश्व वृद्धि गरेर तथा चालु आवमा मौज्दात हुने बजेट समेतलाई दृष्टिगत गर्दै कुल बजेट ७० करोड ७७ लाख ६७ हजारको बजेट पास गरेको छ ।

सोमबार बसेको गाउँसभामा पालिका उपाध्यक्ष एंव बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक मानकुमारी पाख्रीन नेपालीले प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेट सभाले सर्वसम्मत बजेट पास गरेको छ ।

पलिकाले कुल बजेट विनियोजनको वडागत योजनाहरुमा ८ करोड २४ लाख, लक्षित वर्गमा ६० लाख, पालिका स्तरीय योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ४९ लाख ५० हजार रकम विनियोजन गरिएको छ । यसैगरी कृषि विकास क्षेत्रमा ८० लाख, पशुपंछी क्षेत्रमा ८० लाख, शिक्षा क्षेत्रमा १ करोड ९० लाख र स्वास्थ्य क्षेत्रमा ५५ लाख रकम विषयगत शाखा सिलिङ अनुसार बजेट विनियोजन गरिएको उपाध्यक्ष पाख्रीनले बताइन् ।

चालु आवको आगामी आवमा सर्ने अनुमानित दायित्व रकम ७ करोड हुने बताइन् । यसैगरी गाउँपालिकालाई संघीय समपुरक अनुदान वापत ५ करोड ३० लाख प्राप्त भएको छ भने प्रदेश सशर्त र विशेष अनुदान वापत ३ करोड ४९ लाख ३८ हजार रुपैंया र प्रदेश समपुरक योजना वापत ३ करोड प्राप्त भएको जानकारी सभामा प्रस्तुत गरेकी थिइन् ।

No description available.

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९को मारबाट विस्तारै उठ्दै गरेको जनजिवीका, बढ्दो महंगी अनि गरिवीबाट आक्रान्त समुदायको जिवनस्तर सुधार गर्नेतर्फ हामीले सोही अनुरुप काम गर्ने बताउदैं चालु आ।व। २०७८\७९ मा गाउँपालिकाले प्रक्षेपण गरेको अपेक्षाकृत आन्तरिक आम्दानी प्राप्त नहुँदा हाम्रासामु आएको दायित्व, जनताहरुका असिमित आवश्यकताहरु अनि सिमित बजेट सिमाको बीचमा रहेर पनि यथासम्भव गुणस्तरीय र जनउत्तरदायी काम गर्ने अठोट लिएको बताइन् ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको गाउँसभामा प्रस्तुत बजेट पास भएसँगै अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि पास गरिएको छ । त्यस्तै, विनियोजन विधेयक प्रस्तावलाई कार्यान्वयन गर्न बनेको कानुनको सम्बन्धमा सम्बोधन पनि पास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *