September 7, 2024
असार २०, २०७९

हेटौडा \ हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले संस्थामा कार्यरत कर्मचारीहरुको जीवन बीमा गरेको छ ।

कर्मचारीलाई काम गर्ने हौसला र भविष्यमा एकमुष्ठ रकम प्राप्त गर्न कर्मचारीहरुको जीवन बीमा गरिएको संस्था अध्यक्ष उदय बिडारीले बताए ।

संस्थामा कार्यरत व्यवस्थापक भीमसेन पौडेल र कार्यालय सहायक राधा गौतमको १० वर्षे अवधिको २ लाखको नेशनल लाईफ ईन्स्योन्स हेटौडा शाखाबाट बीमा गरिएको हो ।

बीमा गरिएको रकम मध्ये संस्थाले १ लाख र कर्मचारीले १ लाख वापतको रकम जम्मा गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

६ सय २० जना शेयर सदस्यहरु आवद्ध रहेको सहकारीले करीव ३ करोडको कारोवार गरेको
उपाध्यक्ष उदय प्रकाश दहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *