यातायात व्यवसायीहरु मिलेर स्थापना गरेको यातायात व्यवसायी उपभोक्ता संस्था लिले तेह्रौं वार्षिक साधारण सभा तथा अधिवेसन शनिवार गर्दैछ । यातायात सामाग्रीको लागि यातायात क्षेत्रका व्यवासायी मिलेर स्थापना गरेको यस संस्थाले अनवररुपमा सेवा प्रदान गर्दै आइरहेको छ । अन्य सहकारी भन्दा भिन्न रहेको यस संस्थाको बारेमा अध्यक्ष किरण पौडेलसँग गरिएको कुराकानीको एक अंशः
हाल सहकारीको अवस्था कस्तो छ ?
यो सहकारी संस्था यातायात व्यवसायीसँग जोडिको संस्था हो । देशभर मन्दी आउँदा यातायात क्षेत्रमा पनि मन्दी आएको छ । जसका कारण सहकारीमा पनि मन्दी छाएको छ । सोचेजस्तो कारोबार गर्न सकेको अवस्था छैन । तर पनि समग्रमा संस्था घाटामा छैन । हामी सँग ६ करोड ९१ लाख शेयरपुजीँ रकम रहेको छ । यस वर्ष साधारण सभाबाट अनुमोदन हुने गरी १० प्रतिशत मुनाफा वितरण गर्ने आन्तरिक तयारी गरेका छौं । दुईवर्षको लकडाउनले संस्थालाई हानी पु¥याएको थियो । व्यापारमा त्यति सन्तोषजनक छैन् ।
सहकारीको सम्पती कत्ति पु¥याउनु भएको छ ?
संस्थाको शेयरपुजीँ ६ करोड ९१ लाख रहेको छ भने भईरहेको मुख्य कार्यालयको घरजग्गा, पसल, गोदाम अनि नवलपुरमा रहेको गोसाईकुण्ड पेट्रोल पम्प पनि हाम्रो सम्पती हो । पम्पमा जग्गाबाहेक ५० लाख भन्दाबढी सहकारीको चालुपुजीँ लगानी रहेको छ । पसलमा सवारी साधानका नयाँ पुराना गरी ६ करोडको सामान स्टक रहेको छ । आर्थिक मन्दीका कारण उधारो रकम उठाउन सकिरहेको अवस्था छैन । शेयर रकमको ९० प्रतिशत सम्म उधारो दिने गरेका छौं । पम्प र पसल गरी हाम्रो ६ करोड बराबारको उधारो रहेको छ । जुन रकम उठाउन हामी प्रयासरत छौं । यस पटकबाट कवुलियतनामा गरेर अगाडी बढ्न साधारण सभा मार्फत प्रस्ताव लैजाने तयारी गरेका छौं ।
अन्य सहकारी र यस सहकारी संस्थामा फरक के छ ?
अरु सहकारी र हाम्रो सहकारीमा आकाशजमिनको फरक रहेको छ । ऋण बचतमा शेयर रकम कम र निक्षेप रकम बढी हुने गर्दछ । हाम्रोमा भने शेयर रकम बढी र निक्षेप रकम कम हुने गर्दछ । ऋणलाई सरल कर्जा दिन्छौ तर हयारपर्जेज ऋण लिदाँ शेयर रकमको आधारमा एक लाख सम्म लगानी गर्ने गरेका छौं । जसको व्याजदर १३.४ प्रतिशत रहेको छ । ऋणको कारोबार भन्दा पनि सवारी साधानका सामान खरिदविक्री गर्ने भएकाले त्यसमानै जोड दिन्छौं ।
यस सहकारीमा यातायात व्यवसायी बाहेक अन्य व्यक्ति पनि सदस्य बन्न मिल्छ ?
सहकारीको स्थापना गर्दा विधानमा नै अनिवार्य यातायात क्षेत्रमा व्यवसायीक आवद्ध हुनुपर्ने प्रावधान छ । त्यसमा पनि मकवानपुरकै हुनुपर्ने व्यवस्था गरिएको थियो । मकवानपुरका यातायात व्यवसायी सहकारीको सदस्य बन्न सक्छन् । यस बाहेक जिल्ला बाहिरका तर मकवानपुरमा जग्गाजमिन भएकालाई पनि सदस्यता दिन सकिन्छ ।
सहकारीले यातायातका कस्ता सामाग्री विक्री गर्दछन् ?
सहकारीले साना तथा ठुला सवारी साधानमा प्रयोग हुने टायर, लुम्ब्रिकेन्ट, पार्टस् लगायत विभिन्न किसिमका यातायात सामाग्रीहरु विक्री गर्ने गरेका छौं । हामीले शेयर सदस्यलाई शेयर सुरक्षित राखेर ४५ दिन सम्म सामानमा उधारो दिने गर्दछौ । तर दिन कटाएको खण्डमा हर्जना लिने गरेका छौं । पेट्रोल पम्पमा एक गाडी एक विल उधारो दिने गरेका छौं ।
तपाइको कार्यकालमा नयाँ त्यस्तो के काम गर्नुभयो ?
यो मेरो अध्यक्ष भएको दोस्रो कार्यकाल सम्पन्न हुदैंछ । पहिलो कार्यकालमा संस्थालाई राम्रो नाफा दिलाउन सफल भएको थिए तर दोस्रो कार्यकालमा कोरोनाका कारण आर्थिक मन्दी लगायतले समस्यामा पारेको कारण बढी नाफा गराउन सकिएन । म आएपछि टाटा जेनुन पार्टस् को मकवानपुरको आधिकारिक विक्रेताको रुपमा काम गर्न सफल भएका छौं । यसले संस्थालाई धेरै फाइदा पुगेको छ । एमरुन व्याट्रीको पनि हामी आधिकारिक विक्रेता हौं । सहकारीको व्यवस्थापन पक्षलाई राम्रो बनाउनुको साथै आर्थिक कारोबारलाई सफ्टवयर मार्फत राख्ने व्यवस्था मिलाइएको छु । कारोबारलाई बैकिङ प्रणाली प्रविधिमैत्री बनाएको छु ।
तपाईको आगामी कार्य योजना के छ ?
आगामी मेरो कार्ययोजना अन्तरगत गोसाईकुण्ड पेट्रोल पम्प सहकारीको लगानी रहेपनि संस्थाको होइन जस्तो देखिएकाले यसलाई सहकारीको मातहतमा ल्याउने योजना बनाएको छु । पम्मको फर्ममा रहेकोलाई सहकारी संस्थाको नाममा ल्याउने योजना रहेको छ । जग्गा विक्री गरेर प्राप्त भएको रकमलाई विभिन्न टायर कम्पनीको डिलर लिने सोचमा रहेका छौं । सामाजिक उत्तरदायित्व अन्तरगत स्थापना दिवसमा गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिनेछौं ।
संस्थाको आर्थिक कारोबार कस्तो छ ?
हाम्रो सहकारीको आव २०७७/०७८मा पसलको खरिदतर्फ ८ करोड ४ लाख ४३ हजार, विक्री तर्फ ८ करोड १४ लाख १८ हजार रहेको छ । गोसाइकुण्ड आयलतर्फ खरिद ३९ करोड २७ लाख ६१ हजार, विक्रीतर्फ ४१ करोड १९ लाख ६७ हजार रहेको थियो । संस्थामा १४ जना कर्मचारी कार्यरत छन् । शेयर सदस्य १९४ जना छन् । बचत १ करोड २४ लाख ३९ हजार रहेको छ ।