September 25, 2022
खवरसहकारी |  असार १५, २०७९  | 

हेटौंडा \ बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङले कृषिमा आत्मनिर्भर बन्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताएकी छिन् । असार १५ राष्ट्रिय धान दिवसको अवसरमा मकवानपरगढी गाउँपालिका वडा नम्बर ५ मा धान दिवस विषेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्ने र सोही अनुसार सरकारले नीति तथा कार्यक्रम मार्फत कृषि क्षेत्रमा काम गर्ने बताएकी छिन् ।

मानो फलाएर मुरी फलाउने दिनको रुपमा राष्ट्रिय धान दिवस मनाइदैं आएको अवस्थामा हामी धानमा कत्तिको आत्मनिर्भर छौ र धान खेती योग्य जमिन खण्डिकरण भइरहेकाले चिन्ता लागेको बताइन् । उनले किसानहरुको मुल समस्या रसायिनक मल रहेकाले केहि वर्षमा नै प्रदेश सरकारले मल कारखाना सञ्चालन गर्ने भनी सम्भाव्यता अध्ययन सुरु गरेको बताइन् ।

उनले धान मात्रै नभई भौगोलिक र मौसम अनुसार कृषिजन्य उत्पादनमा जोडदिन कृषकहरुलाई आग्रह गरिन् । व्यवसायिक खेती र पशुपालनमा युवा लक्षित कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । स्थानीय सरकारसँगको सहकार्यमा कृषि र पशुपालन क्षेत्रमा कामगर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालले कृषिमा आधुनिकिकरण र पशुपालनमा व्यवसायीकरण गर्न जोड दिए । उनले आफ्नो वडामा व्यवसायिक कृषि र पशुपालनमा स्थानीय सरकारले सहयोग गर्ने बताउदैं राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गरेका थिए ।

No description available.

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा रेडियो थाहा सञ्चारले राष्ट्रिय धान दिवसको विशेष कार्यक्रमको आयोजना गरेको थियो । रेडियोका स्टेशन म्यानेजर गोकल अधिकारीको अध्यक्षता तथा राज्यमन्त्री गुरुङको प्रमुख अतिथ्यतामा धान दिवस कार्यक्रम मनाइएको थियो । असारे गीत गाउदैं, धान रोप्दै र दहि चिउरा खाएर धान दिवस मनाइएको थियो ।

कार्यक्रममा बुङ्दल सामूदायिक वन समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल, वडा ५ का कृषि प्राविधिक दुर्गा खतिवडा, पशु प्राविधिक हरिप्रसाद सापकोटा स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published.