April 20, 2024
असार १३, २०७९

हेटौंडा \ बागमती प्रदेश सरकारका भूमि व्यवस्था, गरिवी निवारण मन्त्री बलराम पौडेलले सहकारी संस्थामा सुशासन कायम गर्न आग्रह गरेका छन् । हेटौंडामा सहकारी व्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको उद्घाटनका क्रममा मन्त्री पौडेलले सहकारीको प्रगतिको लागि सुशासन आवश्यक भएको बताए ।

उनलेआगामी आर्थिक वर्षमा सहकारी मार्फत ३ सय जना युवाहरुकोलागि ३ महिने आवासीय तालिम प्रदान गरि उद्दमशील बनाउने योजना रहेको समेत बताए ।

मन्त्रालयको आयोजना र मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा संचालन भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका विशिष्ट अतिथि बागमति प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीहरुले उत्पादन, प्रशोधन र बजारिकरणमा ध्यान दिनुपर्ने बताए ।

तालिम कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बाशुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

२ दिन सम्म चल्ने तालिमको सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञावली र शाखा अधिकृत खगेन्द्र पौडेलले सहजीकरण गर्नेछन् । तालिममा मकवानपुर जिल्लाका विभिन्न सहकारीका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *