हेटौंडा \ युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण लिएर उत्कृष्ट काम गरेका व्यवसायीलाई कोषको व्याज अनुदान रकम वितरण गरिएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी र शुभकामना बचत तथा ऋण सहकारी मार्फत स्वरोजगार कोषबाट रकम लिएर व्यवसाय गरेकाहरुर्लाइ ६० प्रतिशतसम्म व्याज अनुदान रकम फिर्ता गरिएको हो ।
आइतबार हेटौंडामा एक कार्यक्रमका बीच ४३ जनालाई व्याज अनुदान फिर्ता गरिएको हो । यस कार्यक्रम अन्तर्गत प्रत्येक व्यक्तिलाई २ लाख रुपैयाँका दरले ऋण दिइएको थियो । दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायण देवकोटा, हेटौंडा २ नम्बर वडा अध्यक्ष बिष्णुगोपाल महर्जन, भरतपुर महानगरका निवर्तमान उपमेयर पार्वती शाह, बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरी न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक रामेश्वर अर्याल, मकवानपुर उधोग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, शुभकामना बचत तथा ऋण सहकारीका अध्यक्ष शान्ता गौतम, दिव्यतारा सहकारीका शर्मिला डंगोल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।