March 21, 2023
खबर सहकारी

हेटौंडा \ नेपाल डेरी एसोसिएसनमा प्रह्लाद दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । बागमती प्रदेशको राजराजधानी हेटौंडामा भएको २२ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेसनबाट सर्वसम्मत दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।दाहाल यस अघि एसोसिएसनको महासचिव रहेका थिए ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजन चिमोरिया, प्रथम उपाध्यक्षमा दीप प्रसाद धमला, द्धितीय उपाध्यक्षमा कर्ण बहादुर हमाल, तृतीय उपाध्यक्षमा रेशम बहादुर खड्का, चौथो उपाध्यक्षमा मनोज कुमार घिमिरे चयन भएका छन् ।

त्यस्तै एसोसिएसनको महासचिवमा हेमचन्द्र खनाल, उप महासचिवमा विजय प्रसाद चौरसिया, कोषाध्यक्षमा दयाराम भण्डारी, सचिवमा शिवहरी आचार्य, सहकोषाध्यक्षमा रामभक्त दाहाल, सहसचिव शिव भुषाल चयन भएका छन् ।

एसोसिएसनको सदस्यहरुमा प्रेम प्रकाश पाठक, निराजन कोइराला, दिवाकर क्षेत्री, अशेष कुमार बुढाथोकी, नवीन प्रसाद चौरसिया, अर्जुन अधिकारी, सुमन चिमरिया, रमेश सञ्जेल, भुवनेश्वर न्यौपाने, पवन बास्तोला, रविशरण थापा, नवराज तिमल्सिना, शिव घिमिरे र प्रकाश सामन्त चयन भएका छन् ।

निर्वाचित अध्यक्ष तथा नयाँ कार्यसमितिलाई निर्वाचन संयोजक अधिवक्ता शिव बहादुर कोइराला र राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभा, अधिवेसन सँगै हेटौंडामा डेरी मेला समेत आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *