हेटौंडा \ नेपाल डेरी एशोसिएसनको २२ औं वार्षिक सभा एंव ८ औं राष्ट्रिय महाधिवेसनका साथै डेरी मेला शुक्रबार हेटौंडामा भएको छ ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईको प्रमुख अतिथ्यतामा मेलाको उद्घाटन गरिएको थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एशोसिएसनको संयुक्त आयोजनामा डेरी मेला २०७९ गरिएको हो । हेटौंडाको पल्पसा सदनमा डेरी उद्योगहरुले आफ्ना परिकार सहित डेरी उद्योगमा प्रयोग हुने सामाग्री तथा औजारहरु प्रदर्शनीमा राखेका थिए ।

No description available.

कार्यक्रममा दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अध्यक्ष एंव प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, नेपाल उद्योग वाणिज्य महासंघका कृषि उपसमितिका संयोजक अरुणराज सुमार्गी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी एशोसिएसनका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

मेलाकै अवसरमा एशोसिएसनले साधारण सभा तथा अधिवेसन कार्यक्रम समेत गरेको छ ।