December 3, 2023
असार ९, २०७९

हेटौडा \ बागमती प्रदेशले नयाँ सहकारी संस्था दर्ता गर्न बन्द गरेको छ । बागमती प्रदेश सरकारको असार ३ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । विगतमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट दर्ता भएका सहकारी संस्थाको दर्ता प्रक्रियाका सम्बन्धमा रहेका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता रोकिएको जनाइएको छ ।

मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेलका अनुसार प्रदेशको नियमकानुन परिमार्जन तथा थप कार्यविधिहरु तर्जुमा गरि व्यवस्थित गनुपर्ने भएकाले सो अवधिसम्मका लागि नयाँ संस्था दर्ता गर्ने कार्य स्थगित गरिएको हो।

सूचना अनुसार हाल लाइ बचत ऋण र बहुद्देश्यीय सहकारी दर्ता दिइने छैन, तर आवश्यकताका आधारमा बचत ऋणको मुख्य कारोबार नगर्ने गरी अन्य विषयगत सहकारी संस्था भने दर्ता हुने बताइएको छ । विगतमा स्थानीय तहको शिफारिष सहित सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा बचतऋण, बहुउद्देश्यीय र सबै प्रकृतिका संस्था दर्ता हुँदै आएका थिए ।

विगतमा दर्ता भएका सहकारीहरुले उद्देश्य अनुरुप र कार्यक्षेत्र भित्र रही काम गरे नगरेको समेत मन्त्रालयले अनुगमन गर्ने भएको छ । संस्थाहरुलाई उद्देश्य अनुसार काम गर्नका लागि ६ महिनाको समयसीमा दिने र त्यसपछि सो अनुरुप भएनभएको निक्र्यौल गर्न अनुगमन समेत गरिनेछ ।

त्यस अवधिमा संस्थाहरुले उद्देश्यअनुरुप काम नगर्ने संस्थाको विषय परिवर्तन र लिएको कार्यक्षेत्रभित्र सदस्य विस्तार गर्न नसके कार्यक्षेत्र संकुचन गर्ने भएको छ । यस अघि बागमती प्रदेशले ३२९ सहकारी संस्था दर्ता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *