हेटौंडा \ नेपाल डेरी एशोसिएसनको २२ औं वार्षिक सभा एंव ८ औं राष्ट्रिय महाधिवेसनका साथै डेरी मेला भोली शुक्रबार हेटौंडामा हुने भएको छ ।

मेलाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै महासचिव प्रह्लाद दाहालले एशोसिएसनको वार्षिक साधारणसभा र राष्ट्रिय महाधिवेशनको तयारबारे जानकारी गराएका थिए ।

उनले डेरी क्षेत्रमा वर्तमान वर्तमान समयमा देखिएको समस्याले पारेको असरहरु, नीतिगत तथा राज्यसँगको अपेक्षाहरु, एशोसिएसनका भावीकार्यक्रमहरु बारे जानकारी गराएका थिए ।

एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एशोसिएसनका पदाधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।