मकवानपुरगढी–३ मा रहेको श्रमिक साना किसान सहकारी संस्थाले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा संस्थामा आवद्ध मकवानपुरगढी ३ र ४ नं. वडामा रहेका महिला शेयर सदस्यहरुलाई वितरण गरिएका गाईहरुमा बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रम अन्तरगत बागमती प्रदेश भेटेरीनरी अस्पताल तथा पशुृ सेवा विज्ञ केन्द्रबाट ३० लाख सहकारी संस्थाबाट २५ लाख र नमूना गाईपालक कृषक समूहबाट ५ लाखको आर्थिक प्रतिवेदन पेश गरिएको थियो । उक्त रकमबाट संस्थाले ४४ वटा गाई खरिद र ८ वटा गोठ निर्माण गरेको व्यवस्थापक गीता लम्सालले जानकारी दिईन । कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकण अन्तरगत प्राप्त भएको हो ।
कार्यक्रममा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त निर्देशक बज्रकिशोर ठाकुर, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाकी निमित्त व्यवस्थापक, शशि लम्साल, संस्थाका शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।