January 13, 2025
जेष्ठ २२, २०७९

हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा कोल्ड च्याम्बरको उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनले कोल्ड च्याम्बरको उद्घाटन गरेकी थिइन् ।

गाउँपालिकाका किसानले उत्पादन गरेका तरकारीहरु आलु लगायत अन्य वस्तुहरु राख्नको लागि संघीय सरकारबाट ११ लाख र सहकारी संस्थाबाट ११ लाख गरी २२ लाख रुपैंयाका कोल्ड च्याम्बर सहित पर्खाल, छाना छाउने काम गरिएको छ ।

कार्यक्रममा उपाध्यक्ष पाख्रीनले ठुलो परिणामको नभए पनि थोरै भएपछि आलु लगायत अन्य उत्पादित तरकारी राख्न किसानलाई सहज भएको बताइन् । यस कोल्ड च्याम्बर तरकारीजन्य उत्पादित क्षेत्रमा थप गरि किसानहरुलाई सहज बढाउन पालिकाले सहजिकरण गरिने बताइन् ।

No description available.

चार सय बोरा अट्न सक्ने २ वटा च्याम्बर रहेको जनाइएको छ । सिमलटारमा रहेको तीलगंगा बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरुलाई उक्त सेवा प्रदान गरेको हो । हाल दर्जनौं किसानहरुको उत्पादित आलुलाई भण्डारण गरिएको छ ।

सहकारीले आजै वातावरण दिवसको अवसरमा वृक्षारोपण समेत गर्नुका साथै जैविक मल र त्यसको प्रयोगको बारे छलफल गरिएको थियो ।

No description available.

संस्थाका अध्यक्ष रादिका छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाई र वडा अध्यक्ष दिपेश दहालको विशेष अतिथ्यता रहेको थियो ।

No description available.

कार्यक्रममा ओमन लिडर फोरमकी छायाँ शर्मा, नेपाल बंगलादेश बैंकका सलुनिका सिंह, गाउँपालिका शाखाका प्रमुख बद्री विक्रम थापा, वडा सदस्य अर्जुन बहादुर रुम्बा, सुकराम थिङ, गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत सहकारी संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *