हेटौंडा \ हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शनिवार नवनिर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

संस्थाले हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल १७ का वडा अध्यक्ष उद्धव सत्याललाई सम्मान गरेको हो ।

यसैगरि संस्थाले हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मालाई समेत सम्मान गरेको छ । हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, कृष्ण अधिकारी र उर्मिला चुनारालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, सल्लाहकार गौरब कुमार पराजुली, नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष मणीराज गौतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, प्रगतिशिल महिला आपसी विकास संस्थाकी उपाध्यक्ष गायत्री घिमिरे, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष कल्पना पराजुली, चुच्चेखोला सामुदायिक वन बचत तथा ऋण सहकारीका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, संस्थाकी सञ्चालक सदस्य, मन्दिरा घिमिरे, व्यवस्थापक भीमसेन पौडेल, सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता थियो । संस्थामा ६ सय २० जना शेयर सदस्यहरु रहेका छन ।