हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले प्रारम्भिक संस्थाहरुबाट सुझाव संकलन गरेको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमका बीच संघले संघमा आवद्ध रहेका बचत तथा ऋण सहकारी संस्थाबाट आगामी बजेट, कार्यक्रम र नीतिहरुको विषयमा छलफल गरी सुझाव संकलन गरेको हो ।
पहिलो चरणमा हेटौंडाका केही सहकारीबाट सुझाव लिइ सकेको संघले आज मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुको उपस्थितीमा सुझाव लिएको हो ।
सुझाव सँगै संघले प्रदान गर्दै आइरहेको सेवा र सुधार गर्नुपर्ने विषयवस्तुमाथी छलफल गरिएको थियो । छलफलमा उठेका प्रश्नहरुको संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवा र सचिव विरेन्द्र प्रसाद ढुङ्गानाले जवाफ दिएका थिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष विष्णुकुमारी लामा, सहसचिव विजय बहादुर बस्नेत, सदस्य हिमाल पौडेल लगायतको उपस्थिती रहेको थियो । संघले मनहरी क्षेत्र, थाहानगर क्षेत्रमा पनि सुझाव संकलन गर्ने कार्यक्रम तय भइसकेको संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवाले बताइन् ।