हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो स्थापना दिवसमा स्वास्थ्य शिविर आयोजना गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच सहकारीले २४ औं स्थापना दिवसमा एकीकृत स्वास्थ्य शिविर र महिलाको पाठेघरको मुखको परिक्षण कार्यक्रम गरेको हो ।
संस्थाका अध्यक्ष तेजकुमारी अस्थानीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शिविर सँगै स्थानीय तह सदस्य निर्वाचन २०७९बाट वडा नम्बर २ का निर्वाचित वडा अध्यक्ष बखान सिंह पाख्रीन सहित सदस्यहरुलाई स्वागत तथा बधाई शुभकामना समेत दिइएको थियो ।
स्वास्थ्य शिविर नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा गरिएको संस्थाका व्यवस्थापक बाटुकुमारी योन्जनले बताइन् ।
dapoxetina comprar online Medical Oncology Unit, University of L Aquila, Italy