
काठमाडौं \ अब साताको शुक्रबार पनि धितो बजार (शेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि लागू हुने गरी शेयर बजार खुल्ने भएको हो । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको थियो ।
सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सो बारे जानकारी गराएका हुन् । योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको छ ।