हेटौडा \ हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफनो संस्थाका शेयर सदस्य रुद्र प्रसाद वाग्लेको निधनमा निजको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाको शेयर सदस्य सेवा अन्तरगत मृतकको परिवारलाई १५ हजार आर्थिक सहयोग उपलव्ध गराईएको संस्था उपाध्यक्ष उदय प्रकाश दहालले बताए ।
संस्थाका अध्यक्ष उदय विडारी र निवर्तमान अध्यक्ष गौरब कुमार पराजुलीले मृतकको घरमा पुगी उक्त रकम मृतकका आफन्तलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा हेटौडा–१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, संस्थाका पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो । हेटौडा–६ र १७ वडा कार्यक्षेत्र रहेको सहकारीमा ६ सय शेयर सदस्यहरु आवद्ध रहेका छन ।