September 25, 2022
खवरसहकारी |  बैशाख १४, २०७९  | 

हेटौंडा \ हेटौंडामा एक सहकारीले मोवाईल बैकिंङ सेवा सञ्चालनमा ल्याएको छ । हेटौंडा उपमहानगर वडा नम्बर ११ रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ सहकारीले मोवाइल बैंकिङ सेवा सञ्चालन गरेको हो ।

सहकारीले चारखाता हुदैं सफ्टवेयर प्रयोग गर्दै कारोबार सेवा अब मोवाईल बैकिंङ मार्फत सुरु गरिएको संस्थाका अध्यक्ष आशा अधिकारीले बताइन् ।

घरमै बसी आफ्नो सहकारीको खातामा बचत गर्न सकिने, सहकारी सहकारीबीच रकम ट्रान्फर गर्न सकिने, बैंक खाताबाट सहकारी खातामा पनि ट्रान्फर गर्न सकिने अध्यक्ष अधिकारीले बताइन् ।

उनले यस सेवाबाट सहकारीमा भएको आफ्नो कारोबारहरु हेर्न मिल्नेका साथै मोवाईल रिचार्ज, पानी बत्ति, इनटरनेटको पैसा तिर्न मिल्ने बताइन् ।

May be an image of screen and text

Leave a Reply

Your email address will not be published.