April 19, 2024
बैशाख ८, २०७९

काठमाण्डाै \  काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेकाे दिन दुई सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार कित्ता शेयर एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेस्डाे समृद्ध लघुवित्तको १० करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै घलेम्दी हाइड्रो कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *