April 17, 2024
बैशाख ७, २०७९

काठमाण्डाै \  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको छ ।

हिजाे मङ्गलवार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न आज बुधवार राष्ट्र बैंक पुग्नुभएका गभर्नर अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै सर्वोच्चको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको हो । उहाँले निलम्बनपछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरूप्रति आभार व्यक्त गर्नुभयो ।

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएकोे भन्दै गभर्नर अधिकारीले आउँदा दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘म एउटा माध्यम मात्रै हुँ । यो एउटा समग्र सिस्टमकाे लागि आएको आदेश हो जस्तो मलाई लाग्छ । यहाँहरूले पनि मेरो लागि भन्दा पनि सिस्टमकाे लागि बोलिदिनु भएको छ । हामी व्यक्ति भन्दा पनि संस्था नै हौंँ ।’

राष्ट्र बैंक र अर्थ मन्त्रालय एउटा संस्था भएकाे भन्दै गभर्नर अधिकारीले आउँदा दिनमा बैंक र मन्त्रालयले संस्थागत रूपमा सल्लाह गरेर जिम्मेवारी पूरा गर्ने क्रममा गर्नुपर्ने समन्वय पूरा गर्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *