October 10, 2024
बैशाख ४, २०७९

हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । आइतबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी वाइवाको प्रमुख अतिथ्यतामा दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले सहकारीले उत्पादन सँग जोडिएर काम गर्दा महिलाहरुको आर्थिक पाटो बलियो रहने बताउदैं उत्पादन क्षेत्र, सीप मुलक तालिम पश्चातको रोजगार, उद्यमी क्षेत्रमा काम गर्न आग्रह गरिन् । उनले साना उद्योगहरुमा समेत लगानी बढाएर महिलाहरुलाई बढी रोजगारी दिने वातावरण सिर्जना गर्न आग्रह गरिन् ।

No description available.

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष मकवानपुरका सहकारी अभियान्ता लक्ष्मीमाया थिङलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसरमा सहकारीले विभिन्न विधामा शेयर सदस्यहरुलाई पनि सम्मान गरेको छ ।
सम्मानित हुनेमा उत्कृष्ट बचतकर्तामा सुशीला कुमारी तामाङ, रोजिना थिङ, कविता मैनाली, उर्मिला थोकर, जलमाया गोले, विना गोङवा, पवित्रा लामा रहेका छन् भने उत्कृष्ट असल व्यवसायीमा माया थोकर, विष्णुमाया घलान, मायादेवी विक, सरिता बल, पुजा तामाङ रहेका छन् ।

No description available.

त्यस्तै, नमुना व्यवसायी गर्ने सपना लामा र टुल्की घलानलाई सम्मानका साथै गोपिनीमाया डिम्डुङ र संजिता घलानलाई छात्रावृति रकम प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १३ का वडा अध्यक्ष मनोज कुमार वाईवा, १२ का अध्यक्ष ललित घलान, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक रामेश्वर अर्याल, पुर्व अध्यक्ष लक्ष्मीमाया थिङ र राममाया घिसिङ, वडा नम्बर १५ का वडा सदस्य कुमारी श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

सहकारीले चैत्र मसान्त सम्म ६१ करोड ४८ लाख ८६ हजार ३५० रकमको कारोबार गरेको छ । पाँच हजार ७४८ शेयर सदस्य रहेको संस्थामा ५ करोड ९६ लाख २० हजार २०० पुँजी रहेको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले बताइन् ।

उनले संस्थामा ४५ करोड ४३ लाख ४९ हजार ७९८ बचत निक्षेप रहेको र सदस्यलाई ५६ करोड ३२ लाख ४० हजार ४०६ ऋण लगानी गरिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *