
हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ ।
वडा अध्यक्ष महारत्न लामाको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षतामा दिवस मनाइएको थियो । संस्था स्थापना भएको २२ वर्ष पुगेकोले सहकारीले संस्थामा आवद्ध ६५ वर्ष माथिका जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो । २२ वटा मैनबत्ति र केक काटेर उद्घाटन गर्दै दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।
संस्थापक अध्यक्ष मेनुका दाहाल, वडा सदस्य कुमारी श्रेष्ठ, मिनु विक, पर्स बहादुर भुजेल, संस्थाका उपाध्यक्ष मिना अधिकारी, सञ्चारकर्मी श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।
फागुन मसान्त सम्म सहकारीले १६ करोड २ लाख ४० हजार ९८८ रुपैँया बराबरको कारोबार गरेको छ । १२ वटा बचतका प्रकार र १० वटा उद्देश्यमा कर्जा लगानी गर्दै आइरहेको संस्थाका व्यवस्थापक माया तामाङले बताइन् ।
१२४ वटा समूहमा दुई हजार ३०७ जना शेयर सदस्य रहेको संस्थाको पुजीँ भने १९ लाख ८५ हजार सात सय रहेको छ । संस्थाको बचत रकम ११ करोड ४७ लाख ५५ हजार रहेको छ भने ऋण लगानी १२ करोड ८२ लाख ८८ हजार ५१८ रहेको व्यवस्थापक तामाङले बताइन् ।