April 20, 2024
चैत्र २८, २०७८

काठमाण्डाै \  अर्थमन्त्री जनार्दन शर्माले देशकाे अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको दाबी गर्नुभएकाे छ ।

अर्थ मन्त्रालयमा आज साेमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’

अर्थमन्त्री शर्माले गएको वर्षको तुलनामा आयात ३३ दशमलव नौ प्रतिशत र निर्यात ७२ दशमलव आठ प्रतिशत बढेको भन्दै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटामा चाप पैदा गरेको बताउनुयो । उहाँले नागरिक र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह पनि गर्नुभयो । उहाँले अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने भन्दै अहिले अर्थतन्त्रलाई लिएर सुरु भएको राजनीतिले देशलाई घाटा गर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले सतर्क भएर जान अर्थ मन्त्रालय लागेको भन्दै सङ्कट टार्नका लागि विभिन्न निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *