हेटौंडा \ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ बागमती प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ अन्तरगत शनिबार विरामीलाई फलफुल वितरण गरिएको छ । भोली चैत्र २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई प्रदेश स्तरीय मुल समारोह समिति गठन गरि विभिन्न कार्यक्रम अन्तरगत हेटौंडा अस्पतालमा फलफुल वितरण कार्यक्रम भएको हो ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख अतिथ्यतामा फलफुल वितरण गरिएको हो ।
सहकारी दिवसलाई प्रदेश स्तरीय मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटा, अस्पतालका रजिष्ट्रार राजेश प्रसाई, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बद्रीप्रसाद लम्साल, प्रदेश बचत संघका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने, प्रदेश सहकारी संघका सदस्य मेनुका दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन हेटौंडा फिल्डका सदस्य राजु गौतम लगायत सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
हेटौंडा अस्पतालको सुत्केरी वार्ड, जनरल वार्ड, आइसियु लगायतमा रहेका विरामीलाई फलफुल वितरण गरिएको थियो । भोली दिवसकै दिन विहान हेटौंडाको भुटनदेवी माविको चौरबाट ¥याली निकालेर रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण गरिने र साँझमा प्रदेशभरका सहकारीसंघ-संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गरि मनाउने तयारी रहेको मुल समारोह समितिका संयोजक देवकोटाले बताए ।