हेटौंडा \ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ बागमती प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८को तयारी पुरा भएको छ ।  चैत्र २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई प्रदेश स्तरीय मुल समारोह समिति गठन गरि दिवस मनाउन लागिएको हो ।

भोली १८ गते हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने १९ गते हेटौंडा अस्पतालका उपचाररत विरामीलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको मुल समारोहका संयोजक तथा प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले बताए ।

दिवसकै दिन विहान हेटौंडाको भुटनदेवी माविको चौरबाट ¥याली निकालेर रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण गरिने र साँझमा प्रदेशभरका सहकारी संघ÷संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गरि मनाउने तयारी रहेको देवकोटाले बताए ।