September 25, 2022
खवरसहकारी |  चैत्र १५, २०७८  | 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार १४ अंकको गिरावट आएको छ । आइतबारदेखि नै घट्न थालेको नेप्सेमा आजसहित लगातार तेस्रो दिन  गिरावट आएको हो ।

नेप्सेमा आइतबार ४१ अंकको र हिजो सोमबार २९ अंकको गिरावट आएको थियो । लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज फेरि १४ अंकले घटेको हो ।

नेप्सेमा गिरावट आएको दिन आज १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज होटल र टुरिजम समूह बाहेक सबै समूह घटेका छन् । होटल र टुरिजम समूहमा चाहिँ २५ अंकको सुधार आएको छ ।  यसबाहेक जीवन बीमा समूह २१९ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published.