December 12, 2024
चैत्र ४, २०७८

काठमाडौं \ अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको र ती समस्या समाधानको लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताउनुभयो । उहाँले उद्योग व्यवसायहरुलाई विकास गर्नको लागि उद्योगीहरुले सुझाव दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरी सरकारले नीति बनाउने बताउनुभयो । उहाँले आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि भएपनि त्यो अपुग रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *