February 19, 2025
फाल्गुन २५, २०७८

 भैसे \ भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसेमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाले २० जना सदस्यलाई पुरस्कृत गरेको छ ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार संस्थामा एक कार्यक्रमको आयोजना गरि २० जना शेयर सदस्यलाई पुरस्कृत गरिएको हो ।

वडा नम्बर २ का वडा अध्यक्ष काशीराम वज्युको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष शर्मिला महतको अध्यक्षतामा विभिन्न विधाहरुमा पुरस्कार तथा सम्मान कार्यक्रम भएको थियो ।

कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोबार गर्ने २० जना शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताइन् । उनले संस्थाको विभिन्न समूहका उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई पुरस्कृत गरिएको बताइन् ।

पुरस्कृत हुनेहरुमा सानुमाया खड्का, माया सिंजाली, संगीता श्रेष्ठ, भगवती तामाङ, पवित्रा राना, प्रतिमा राना, टिकीमाया थिङ्ग, सुमिता तामाङ, कालीमाया घलान, उषा गुरुङ रहेका छन् । त्यसैगरि मोन्दोक भोम्जन, शोभा थापा, विष्णुमाया मुक्तान, सुनमाया थोकर, सञ्जु थोकर, सीता मोक्तान, रेजिना ब्लोन, विमला थापा, साइलीमाया लामा, निर्मला थापा रहेको व्यवस्थापक ढुङ्गानाले बताइन् ।

May be an image of 13 people and people standing

1 thought on “महिला दिवसमा सहकारीका २० सदस्य पुरस्कृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *